असार २९, काठमाडौं ।कोरोना भाइरसका १४४ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपाल हाल कोरोना संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ ।
७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन् ।
एक हजार ७ सय ५ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ६०.७ प्रतिशत अर्थात १० हजार २ सय ९४ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
देशभरका २५ प्रयोगशालामार्फत पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ५६ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले सम्म ३८ जना कोरोनाका कारण मृत्यु भए ।