असार २९, काठमाडौं । भारतले बनाएको बाँधले नेपालको तराई भूभाग डुबानमा परेको छ । गृहमन्त्री रामबहादुर थापाले सीमामा भारतको हस्तक्षेपका कारण नेपालको तराई क्षेत्रका भूमि डुबानमा परेको छ । उनले भारत सँग समानान्तर सडक लगायतका संरचना बनाएर भारतले नेपाल माथि हस्तक्षेप गरेको बताए।
गृहमन्त्री थापाले भारतले नेपाललाई असर पुग्नेगरी बाँध बनाउनु एक किसिमको हस्तक्षेप भएको बताएका थिए । भारतले बाँध बनाएर त्यसको निकास दिनुपर्नेमा एकतर्फी रुपमा बाँध बनाएर आफ्नो हितमा प्रयोग गरेको बताए । समस्या सुल्झाउन नेपाल सरकारले निरन्तर पहल गरेको तर सार्थकता नपाएको बताए । भा
भारतीय प्रधानमन्त्री नेपाल आएका बेला कार्यदल बनाए पनि उनीहरूले त्यसको कार्यान्वयन नगरेको उनको भनाइ छ । बाढीपहिरो र डुबान रोक्नका लागि सरकारले उपयुक्त नीति योजना बनाउन आवश्यक रहेको गृहमन्त्री थापाले बताए ।