पत्रकार ,कलाकार तथा गायक देव लामाको उपचारका लागि देश विदेशबाट सहयोग आउने क्रम जारी छ । विदेशमा देव लामा बचाउ अभियान नै चलिसकेको छ ।
फलस्वरूप अहिले सम्म २० लाख रकम उठिसकेको छ र अझ सहयोग आउने क्रम जारी नै छ । देव लामाको श्रीमती मीरा लामा जोशीले अहिले सम्म सबै गरेर २० लाख रकम सहयोग आइसकेको बताउनु भयो । र विदेशमा तरवारको धारमा बसी दुःख गरी कमाएको पैसा सहयोग गर्नुभएकोमा सम्पुर्ण सहयोगी हातहरुलाई नमन गर्दै आभार प्रकट गर्नु भयो ।
मीरा जोशी लामा ( देव लामाको श्रीमती) ले भने ,” अब उहाँको उपचार राम्रै हस्पिटलमा गराउँछु । ग्रिनसिटीले आफ्नो गल्ती स्वीकार गरेर उपचार गर्दिन्छु भनेको छ तर फेरि त्यही लागेर गल्ती गर्न चाहन्न ।”
देव लामा बचाउ अभियान मार्फत सहयोग गर्न चाहनु हुने सहयोग दाताहरुले ताम्सालिंग टिभिको वेबसाइट या देव लामाको श्रीमती मीरा लामा जोशी सम्पर्क गर्न सक्नुहुन्छ ।