असार ३०, काठमाडौं ।कोरोना भाइरसका संक्रमित ११६ थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएकाे छ।
आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने त्यसअघिल्लो दिन ७० जनामा कोरोना भाइरस देखिएको थियो । त्यसैगरी सोमबा १४४ जना कोरोना भाइरसको संक्रमित देखिएको थियो ।
कुल कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय ९५ रहेको उनले जानकारी दिए ।
पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् । ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म ६०.५३प्रतिशत अर्थात १० हजार ३ सय २८ जनाको उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत ४ हजार ३ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख ८९ हजार ३७१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
हालसम्म देशभरका २४ हजार ७१६ क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६९५ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।
देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको छ ।