असार ३१, काठमाडौं ।नेपालमा ११६ जना कोरोना भाइरसको संक्रमित देखिएको छ। विभिन्न प्रयोगशालामा गरेको परीक्षणबाट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएकासहित नेपालमा संक्रमितको कुल संख्या १७ हजार १सय ७७ जना पुगेको छ। आज ६ सय ९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ६४.३प्रतिशत अर्थात ११ हजार २५ उपचारपछि निको भएका छन्।
बुधबार ५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ। हालसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको हो। २४ हजार ५ सय २७ जना क्वारेन्टाइनमा छन् भने ६ हाजर १ सय १३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।
हाल सम्म ३९ जना पुगेको छ । आज थप १ जना रौतहटका ३६ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले पुष्टि गरे ।