असार ३१, काठमाडौं । बुधबार रौतहटका ३६ वर्षिय पुरुष को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टि गरेको हो ।आज मृृत्यु भएका पुरुष २४ गते भारतबाट फर्केर क्वारेन्टाइन बसेका थिए।
रौतहटका ३६ वर्षीय पुरुषको दिउँसाे २ः३० बजे उपचारका क्रममा मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । डा. गाैतमका अनुसार उनी कोरोना संक्रमणबाट ज्यान गुमाएको आफ्नो दाजुको अन्तिम संस्कारका लागि भारत गएका थिए । असार २४ गते नेपाल फर्किएपछि क्वारेन्टिनमा बसेका थिए ।
असार २९ गते रुघाखोकी ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पताल वीरगञ्जमा आइसीयूमा भर्ना गरिएको थियो । सोही दिन नमुना संकलन गरी हेटौँडा प्रयोगशालामा परीक्षण गर्दा असार ३१ गते कोरोना पुष्टि भएको हाे ।