असार ३१, काठमाडौं ।नेपालमा बुधबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार धनकुटाका १, मोरङका १, ताप्लेजुङका १, सप्तरीका १३, धनुषाका ६, नुवाकोटका १, काठमाडौँका ७, सिन्धुपाल्चोकका १, चितवनका ८ ,नवलपरासीका ११, रौतहटका ५, धादिङका १, पाल्पाका १, गोर्खाका १, कास्कीका ३, तनहुँका ३, म्याग्दीका ९, सल्यानका ५, अछामका १, दैलेखका ३, जाजरकोटका १,जुम्लाका २,मुगुका १, सुर्खेतका २८ र डढेलधुराका २ कोरोना संक्रमित रहेको जनाएका छन् ।
नेपालमा कोरोना भाईरसको संक्रमण निको भएर थप ६ सय ९७ जना संक्रमित डिसचार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार २५ पुगेको छ।