असार ३१, काठमाडौं ।लकडाउनको समयमा निजी विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन कक्षा साउन १ गते भोलि देखि बन्द गर्ने निर्णय गरेको छ ।
अनलाइन कक्षा सञ्चालन गर्दै आएका प्याब्सन र एन प्याब्सनले साउन १ गते (भोलि बिहीबार) देखि पठन पाठनको सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन् ।
सरकारले निजी विद्यालयको विषयमा कुनै निर्णय गर्न नसकेकाले सबै पठन पाठन ठप्प पार्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ । उनीहरुले असार १ गतेबाट औपचारिक रुपमा सञ्चालन गरेका अनलाईन र टेलिभिजनबाट सञ्चालन भैरहेको भर्चुअल कक्षा ठप्प पार्ने निर्णय गरेका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयको माग सम्बोधन नगरेको आरोप लगाएका छन् । विद्यालय आर्थिक संकटमा परेको भएर सबै कार्यक्रम स्थगित गरिएको ती संस्थाहरुले जनाएका हुन् ।